• Tuesday 6th of October 2026

प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै


  • धनकुटा खबर
  • .

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनी बुधवार तिब्बतको ल्हासा आएका थिए ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनको साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् ।

बुधवार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖