• Tuesday 6th of October 2026

जङ्गलमा सडेगलेको अवस्थामा झु’न्डिरहेको पुरुषको शव फेला


  • धनकुटा खबर
  • .

वीरगञ्ज । बारा जिल्लाको जङ्गलमा झुन्डिएर सडेगलेको अवस्थामा मानव कङ्काल फेला परेको छ । बुधवार साँझ बाराको जितपुरसिमरा उपमहानगरपालिका – १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको सडेगलेको कङ्काल फेला परेको हो ।

सिन्दुरेको रुखको हाँगामा नाइलनको डोरी बाँधी पासो लगाई झुन्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय प्रहरी कार्यालय सिमराले जनाएको छ ।

शवको शरीरमा बैजनी रङ्गको सर्ट, सो सर्टको गोजीमा गुलाबी रङ्गको पेन र बायाँ हातको नाडीमा कालो प्लास्टिकको फित्ता छ । सोही हातमा कालो रङ्गको पछाडि भिड्ने झोला रहेको र झोलामा केही नभई खाली रहेको प्रहरीले जनाएको छ ।

शवले सर्ट भित्र कालो स्यानडो लगाएको, तल कालो पाइन्ट लगाएको सो पाइन्टको पछाडिको गोजीमा कलेजो रङ्गको पर्स र पर्समा सुदिर कुमार लामा लेखिएको भूतपूर्व सैनिक सुरक्षा गार्डको परिचय रहेकोको प्रहरीले जनाएको छ । त्यसै गरी रातो बुट्टादार कट्टु लगाएको दुवै खुट्टामा कालो कपडाको जुत्ता लगाएको लास भन्दा एक फिट पूर्व भुईँमा रातोमा बुट्टा भएको ढाका टोपी रहेको छ ।

हालसम्म शवको पहिचान हुन नसकेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖