• Tuesday 6th of October 2026

तत्काल सरकार परिवर्तनको विपक्षमा देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं। सत्तारुढ घटकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफैंले लिनुपर्ने बहश सुरु भएको छ।

भर्खरै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा धेरै केन्द्रीय सदस्यले ठूलो दलको हैसियतले पनि अब सरकारको नेतृत्व लिने गरी अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे।

अझ संस्थापन इतर पक्षले त सभापति देउवालाई सरकारको नेतृत्व लिन अग्रसर हुन दबाब दिँदै आएको छ। नेता शेखर कोइरालाले सरकारले काम गर्न नसकेको भन्दै सरकारको नेतृत्व लिन सभापति देउवालाई औपचारिक रुपमा नै आग्रह गरिसकेका छन्।

पार्टी सरकारमा सहभागी हुँदा सरकारले कांग्रेस नेतालाई भ्रष्टाचारको मुद्दामा जेल हालेको तर कतिपय विषयमा संलग्नता देखिँदासमेत सरकारको नेतृत्वका गरेको दल माओवादीका नेतालाई उन्मुक्ति दिएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार कायम रहे पार्टीलाई ठूलो क्षति हुने भन्दै देउवालाई सरकारको नेतृत्वका लागि अग्रसर हुन दबाव लिने गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖