• Tuesday 6th of October 2026

रोजगारका लागी कुवेत पुगेका राजवंशीको मृत्यु


  • धनकुटा खबर
  • .

कचनकवल। गत बुधबार एक नेपाली कामदारको कुवेतमा मृत्यु भएको छ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका ६ बनियानी घर भएका ३० वर्षीय खगेन्द्र राजवँशी रहेका छन ।

उनी गत चैतमा बैदेशिक रोजगारीको शिलशिलामा ईलेक्ट्रिसियनका रुपमा अल जजिरा कम्पनीमा नेपाल स्थित डेस्टिनी ह्युमन रिसोर्स मारफ्त ५ महिना अघि उक्त कम्पनीमा कार्यरत रहेका खगेन्द्रको ड्युटीमा खटिएकै बेला मृत्यु भएको जानकारी दिए छ।

उक्त कम्पनीमा कार्यरत रहेका खगेन्द्र ड्युटीमा रहेको बेला पेट दुखेपछि अस्पताल लगिएको बताईएको आफन्त योगेन्द्र राजवँशीले बताएका छन् । बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि पेट दुखेपछि एकछिनमै उनको मृत्यु भएको आफन्तको भनाइ छ।

खगेन्द्रको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन। उनको शव कुवेतबाट आफन्त योगेन्द्र राजवँशीले बुझेर घरमा ल्याई पुर्याईएको छ । खगेन्द्रलाई जन्डिस भएको भन्ने कुरा निजले बताएको थियोे भन्ने पारिवारिक स्रोतको भनाइ छ । रोजगारीका लागि उनी पाँच महिना अगाडि डेस्टिनी मेनपावर कम्पनीमार्फत इलेक्ट्रिसियनका रुपमा कुवेत पुगेका थिए ।

स्थानीय अरुण पौड्यालका अनुसार सबैका प्रिय र सहयोगी रहेका मृतक खगेन्द्रको दुई छोरा र श्रीमती अहिले घरमा रहेकाछन् ।-पालिका सन्देश

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖