• Tuesday 6th of October 2026

१६ वर्षअघि बेपत्ता भएका भद्रपुरका राउत भारतमा मृत फेला


  • धनकुटा खबर
  • .

झापा । १६ वर्षअघि घरबाट बेपत्ता भएका झापाका एक व्यक्ति भारतको पश्चिम बङ्गालमा मृत फेला परेका छन् ।

साबिक चन्द्रगढी- ६ हाल भद्रपुर नगरपालिका- १० निवासी स्व. मानबहादुर राउत छोरा ५४ वर्षीय गङ्गाबहादुर राउत जलपाईगुरी जिल्ला सिलगुडीस्थित गान्धी नगरमा बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए ।

मृतक राउतसँग फेला परेको नागरिकताको आधारमा उनको पहिचान खुलेको थियो । त्यसपछि पश्चिम बङ्गाल प्रहरीले उनको परिवारजनसँग सम्पर्क गरेका थिए ।

उनका छोरा विवेक सिलगुडी पुगेर आजै बुबाको दाहसंस्कार गरी फर्किएको छिमेकी हिरा पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖