• Tuesday 6th of October 2026

यी भारतीय युवक हतियार सहित पक्राउ


  • धनकुटा खबर
  • .

वीरगञ्ज । महोत्तरीबाट हातहतियारसहित एक जना भारतीय पक्राउ परेका छन् ।

पेस्तोललगायतका हतियारसहित पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला जयनगर ग्राम पञ्चायत – ११ बस्ने रामचन्द्र महतोको छोरा वर्ष २४ का बलबिन्द्र महतोको छन् ।

बीर.आर. ३० के ३४२९ नम्बरको मोटरसाइकलमा भारततिरबाट आउँदै गर्दा चेकजाँच गरेपछि उनको डिकीमा कटुवा पेस्तोल, एक राउन्ड गोली, किल्ला उखेल्ने रड र पेच कस बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीले जानकारी दिए ।

मोटरसाइकलसँगै आइरहेको बी.आर. ५५ ए २७२५ नम्बरको अर्को मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖