• Tuesday 6th of October 2026

झापाको दमकमा एक युवकको हत्या


  • धनकुटा खबर
  • .

झापाको दमकमा एक युवकको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले गरेको प्रहरीको भनाइ छ ।

हत्या हुनेमा इलामको चुलाचुलीस्थित पोल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बू रहेका छन् । रातभर दमक–१ स्थित एक होटेलमा सँगै बसेर मादक पदार्थ खाएका साथीहरूबीच एकापसमा भनाभन हुँदा लिम्बूको हत्या भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही व्यक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मुख्य हतियार प्रयोग गर्ने व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि लामाले जनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖