काठमाडौ । एक महिना अघि विदेश गएर अलपत्र परेकी एक महिलालाई उद्धार गरिएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ६ निवासि गर्बु तामाङको श्रीमती वर्ष २८ की तोकमाइ तामाङ वैदेशिक रोजगारी को शिलसिलामा कुवेद जानुभएको थियो ।
कुवेदमा अलपत्र भएको खबर आएपछि मेलम्ची ६का वडा अध्यक्ष प्रेम तामाङ र नेपाली कांग्रेस निकट तरुणदलका मेलम्ची नगरसभापति श्याम लामाको पहलमा तोकमाया लाई उद्धार गरि नेपाल ल्याइएको तरुणदल मेलम्चीका सचिव श्याम तामाङले जानकारी दिनुभयो ।
आज त्रिभुवन अन्र्तराष्ट्रीय बिमानस्थलमा तामाङलाई स्वागत गर्दै तरुण दलका सभापती लामाले अप्ठ्यारोमा परेकालाई सहयोग गर्न आफु संधै तयार रहेको बताउनुभयो । लामाले समाजसेवाका क्षेत्रमा तरुणदलले सधैं ऐक्यबद्धता जनाउने बताउनुभयो । लामाले आफ्नै खर्चमा तोकमाया लाई नेपालसम्म सकुशल ल्याउन सफल भएको पनि उहाँले बताउनुभयो ।
नेपाल आईपुगेपछी तोकमाई तामाङले आफ्नै गाँउठाँउका दाजुभाईको सहयोगले आफु सकुशल नेपाल आउन पाएको खुशि ब्यक्त गर्नुभयो । तोकमाईलाई स्वागत गर्न वडा अध्यक्ष प्रेम बहादुर तामाङ, तरुण दल मेलम्ची नगर अध्यक्ष श्याम लामा लगाएत तरुण दलका सदस्यहरुका साथै तोकमाईको परीवार बिनानस्थल पुगेको तरुण दल मेलम्ची कार्यसमितिका सचिव श्याम बहादुर तामाङले जानकारी दिनुभयो ।
