• Tuesday 6th of October 2026

इन्द्रजात्रामा बालेनको कमाल ! बालेनलाई देखेपछि युवतीहरु भकाभक ढले, बालेन आइ लाभ यु भन्दै चिच्चाए


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विश्व सम्पदा क्षेत्रमा राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले महानगरपालिकाले बनाएको ‘नो भेहकल जोन’ पालना गरेकोमा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार वसन्तपुरमा इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरू पैदल हिँडेर गएका थिए । सोही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै उनले उपलब्धि भएको उल्लेख गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन ।

उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो’, उनले उल्लेख गरेका छन् ।

https://youtu.be/lNC9cC1juQc

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖