• Tuesday 6th of October 2026

संखुवासभा चैनपुरका रत्नकुमारी तामाङ कुवेतमै अस्ताइन्


  • धनकुटा खबर
  • .

संखुवासभा । संखुवासभा चैनपुर नगरपालिका-९ घर भएकी रत्नकुमारी तामाङ बैदेशिक रोजगारी कुबेतमा नै अस्ताएकी छिन् ।

घरेलु कामदारकाृ रुपमा कुवेत पुगेकी तामाङ काममा गएको पहिलो दिन नै स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएको थियोे। हस्पिटलमा उपचार गर्ने क्रममा तामाङको मृत्यु भएको हो।

नेपालमा पर्याप्त रोजगारी नभएपछि बाध्य भएर वैदेशिक रोजगारमा जाने नेपालीहरू धेरै छन । रोजगारीको लागि खाडीमुलुक नै एउटा गन्तव्य बनेको छ। घरेलु कामदारका रुपमा कुवेत पुगेको एक हप्तामै उनको मृत्यु भएको हो ।

कुवेत गएपछि एजेन्टले कुवेतीको घरमा काम गर्न पठाएको दिन नै बिरामी परेपछि रत्नकुमारी तामाङलाई तत्काल हस्पिटल लगएिको थियो। हस्पिटलमा उपचार हुदा हुदै उनको मृत्यु भएको जनाएको छ ।

घरेलु कामदारमा कुवेत आउन बन्द भएपनि विभिन्न माध्यमबाट कुवेत आउने क्रम भने जारी नै छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖