• Sunday 4th of October 2026

अनमोल केसी नर्भिकमा भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् ।

आपराधिक विस्वासघातको आरोपमा साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको उनी निकटस्थ स्रोतले बतायो ।

‘रावायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विस्वासघात गरेको भन्दै अपराध महाशाख, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राऊ परेका थिए ।

अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । केसीले १० लाख एड्भान्स लिएर पनि ‘रावायण’ छाडेका थिए भने नयाँ ‘फर्की फर्की’ मा ब्यस्त थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖