• Tuesday 6th of October 2026

किशोरी आफ्नै कोठामा मृत भेटिइन, फेसबुकमा लेखेकी थिइन्- “म पनि आउछु”


  • धनकुटा खबर
  • .

महेन्द्रनगर ।कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा भेटिएकी छन् ।

भीमदत्त नगरपालिकाकाे भगतपुर बनदेबी टोल बस्ने दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी आफू बस्ने कोठामा मृत फेला परेकी हुन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन् ।

घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖