• Sunday 4th of October 2026

सेन्सर बोर्डको मुम्बई कार्यालयले प्रमाणपत्रका लागि घुस लिएको अभिनेता विशालको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । तमिल फिल्म अभिनेता विशालले आफ्नो फिल्म ‘मार्क एन्टोनी’ को हिन्दी संस्करणलाई सेन्सर सर्टिफिकेट दिनको लागि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनको मुम्बई कार्यालयले ६.५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन् ।

बिहीबार विशालले सोसल मिडिया प्लेटफर्म एक्समा यस सम्बन्धमा एउटा भिडियो पोस्ट गरेका छन् । यस भिडियोमा विशालले सीबीएफसी अधिकारीहरूलाई फिल्म प्रदर्शन गर्न र यू/ए (युनिभर्सल एडल्ट) प्रमाणपत्र दिनको लागि ६.५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, “पर्दामा भ्रष्टाचार देखाउन ठीक छ तर वास्तविक जीवनमा होइन। यसलाई सहन सकिँदैन। विशेष गरी सरकारी कार्यालयहरूमा। सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनको मुम्बईको कार्यालयको अवस्था झनै खराब छ। फिल्म मार्क एन्टोनीको हिन्दी संस्करणका लागि ६.५ लाख रुपैयाँ घूस दिनुपरेको थियो। दुई लेनदेन भएको थियो। स्क्रिनिङका लागि ३ लाख र प्रमाणपत्रका लागि ३.५ लाख रुपैयाँ दिइएको थियो।

विशालले यो पोस्टमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ट्याग गरेका छन् ।उनले थप लेखेका छन्, “मैले आफ्नो करियरमा यस्तो अवस्थाको सामना गरेको छैन। मसँग त्यो मध्यस्थकर्तालाई घूस दिनुको विकल्प थिएन किनभने आज फिल्म रिलिज हुन लागेको थियो र धेरै कुरा दाउमा थियो। यो घटना महाराष्ट्रमा भएको छ। भारतका सम्माननीय मुख्यमन्त्री तथा आदरणीय प्रधानमन्त्री मोदीजीको ध्यानाकर्षण गराएको छु। म यो आफ्नो लागि होइन भविष्यका फिल्म निर्माताहरूको लागि गर्दैछु। मेरो मिहिनेतले कमाएको पैसा भ्रष्टाचारमा जान्छ ? यस्तो हुनु हुँदैन।”

अभिनेता विशालको आरोपमा केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖