वीरगञ्ज । वीरगञ्जको घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी भएको छ ।
वीरगञ्ज महानगरले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी भएपछि नगर प्रमुख राजेशमान सिंहले दुख व्यक्त गर्दै आफनो फेसबुक पेचमा यसरी लेखेर उहाँले दुख व्यक्त गर्नुभएको छ ।,
यसलाई के भन्ने, मसंग कसैको रिस छ म माथि उतार्ने हो ! वीरगञ्जको सौर्न्दर्य संग जुटेको कुरालाई तोडेर फ्याँक्नु कति सम्म उचित हो ?
वीरगञ्ज महानगरले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति देखेर रातीको समयमा सेल्फी खिच्नेहरुको संख्या बढेको थियो ।
वीरगञ्ज महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले सार्वजनिक सम्पत्तिमा सबैको अधिकार हुन्छ त्यसको संरक्षण गर्ने पनि सबैको दायित्य हो उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी हुनु दुखद कुरा हो ।
घण्टाघरको नजिकै प्रहरी बिट भएपनि बत्ती चोरी हुनुले प्रहरीको सुरक्षामा गम्भीर लापरवाही भएको आम नागरिकको भनाई छ ।
