• Sunday 4th of October 2026

कोरोनाभन्दा ७ गुणा खतरनाक महामारी आउँदै, ५ करोड मानिसको मृत्यु हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । वैज्ञानिकहरूले निकै खतरनाक सम्भावित महामारीको चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठनले यो महामारीलाई ‘डिजिज एक्स’ नाम दिएको छ । डब्ल्यूएचओले यो विश्वमा फैलिन थालिसकेको पनि हुनसक्ने बताएको छ ।

बेलायतका स्वास्थ्य विज्ञहरूले रोगको बारेमा भनेका छन् ‘सन् १९१८-१९२० मा भएको स्पेनिस फ्लुले विश्वभर ५ करोड मानिसको ज्यान लियो र डिजिज एक्सका कारण पनि त्यति नै मृत्यु हुने अनुमान गर्न सकिन्छ।’

बेलायतको भ्याक्सिन टास्कफोर्सकी अध्यक्ष डेम केट बिङ्घम भन्छिन्, ‘डब्लुएचओको तथ्यांक अनुसार विश्वभर कोरोनाका कारण करिब ७० लाखको ज्यान गएको छ र अब आउने महामारीले चिन्ता बढाएको छ र अहिले डिजिज एक्सलाई कोरोनाभन्दा खतरनाक मानिएको छ ।’

सिजिज इक्स के कारणले हुन्छ, कसरी फैलिन्छ, कहाँबाट सुरु हुन्छ र कसरी अन्त्य हुन्छ भन्ने चिकित्सा विज्ञानलाई पनि थाहा छैन। डब्ल्यूएचओ भन्छ, ‘डिजिज एक्स’ नयाँ भाइरस, ब्याक्टेरिया, वा फंगस हुनसक्छ जसको कुनै ज्ञात उपचार छैन।’

डा नेहा रस्तोगी भन्छिन्, ‘डिजिज एक्स आरएनए भाइरसहरू जस्तै जुनोटिक रोगसँग सम्बन्धित हुन सक्छ । अर्थात्, यो जंगली वा घरपालुवा जनावरहरूमा हुन्छ र त्यसपछि तिनीहरू मानिसहरूमा फैलिने अनुमान गरिन्छ। इबोला, एचआईभी/एड्स र कोभिड-१९ पनि जनावरबाट मानिसमा सर्ने जुनोटिक रोगहरू थिए। यी विषयमा धेरै अनुगमन आवश्यक छ।’

केही विशेषज्ञहरूले अचानक प्रयोगशाला दुर्घटना र जैविक आतंकवादले ‘डिजिज एक्स’ निम्त्याउन सक्ने जसले विश्वव्यापी विनाशकारी जोखिम निम्त्याउन सक्ने बताउँछन्।

बेलायतको भ्याक्सिन टास्कफोर्सका अध्यक्ष डेम केट बिङ्घमले एक अन्तर्वार्तामा भनिन्, ‘विश्वले ठूलो मात्रामा खोप अभियानको लागि तयारी गर्नुपर्नेछ र रेकर्ड समयमा डोजहरू व्यवस्थापन गर्नुपर्नेछ। यो इबोला जस्तै संक्रामक छ, मृत्यु दर ६७ प्रतिशत हुनसक्छ । यो संसारमा कतै उत्परिवर्तन भइरहेको छ र भविष्यमा मानिसहरूलाई बिरामी बनाउँछ।’

डेम केट बिङ्घमले थप भनिन्, ‘नयाँ महामारी विद्यमान भाइरसबाट उत्पन्न हुन सक्छ र कोभिड-१९ भन्दा सात गुणा बढी घातक साबित हुन सक्छ। वैज्ञानिकहरूले हाल २५ भाइरस समूहहरूको निगरानी गरिरहेका छन्, जसमध्ये प्रत्येकमा हजारौं व्यक्तिगत भाइरसहरू छन्, जसमध्ये कुनै एक गम्भीर महामारीमा परिणत हुन सक्छ।’

विल्टशायरको उच्च-सुरक्षा पोर्टन डाउन ल्याबका २०० भन्दा बढी वैज्ञानिकहरूले पनि ‘डिजिज एक्स’ को खोप खोज्न थालेका छन्। वैज्ञानिकहरूले मानिसलाई सङ्क्रमण गर्ने र संसारभरि द्रुत रूपमा फैलिने सम्भावना भएका पशु भाइरसहरूमा ध्यान केन्द्रित गरिरहेका छन्। बर्डफ्लु, मंकीपक्स र ह्यान्टाभाइरस पनि अनुसन्धानको दायरामा परेका छन् ।

युके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख प्रोफेसर डेम जेनी ह्यारिसले भने, ‘जलवायु परिवर्तन र जनसंख्या परिवर्तन जस्ता कारकहरूले भविष्यमा महामारीको सम्भावना बढाइरहेको छ। यसका लागि तयारीमा जोड दिनुपर्छ ।’

फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युट, गुरुग्रामका संक्रामक रोग सल्लाहकार डा. नेहा रस्तोगी भन्छिन्, ‘कोविड-१९ र यसका अन्य प्रकारका कारण स्वास्थ्य समस्याहरू अझै उत्पन्न भइरहेका छन्। स्वास्थ्य विशेषज्ञहरूले डिजिज एक्स नामको नयाँ सम्भावित महामारीको लागि तयारी गरिरहेका छन्। विज्ञहरूले नयाँ भाइरस स्पेनिस फ्लू जत्तिकै विनाशकारी हुनसक्ने चेतावनी दिएका छन्।

रोग रोकथामका लागि विश्वका ठूला नेता र वैज्ञानिकको निर्णय पनि आवश्यक पर्नेछ । महामारीको रोकथाम र नियन्त्रणका लागि परीक्षण किट, खोप र प्राथमिक चिकित्सा सहायता आवश्यक हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖