• Tuesday 6th of October 2026

विद्यालयको छात्रावासमा ८ वर्षका बालक मृत भेटिए


  • धनकुटा खबर
  • .

काठमाण्डौ – सुर्खेत वीरेन्द्रनगरको एक निजी विद्यालयको छात्रावासमा ८ वर्षीय बालक मृत भेटिएपछि अवस्था तनावग्रस्त बनेको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको कक्षा दुई मा पढ्ने र होस्टेलमै बस्ने आठ वर्षका सलाम पुलासी मृत भेटिएका हुन ।

उनको घर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ रहेको प्रहरीले जनाएको छ । गएराति उनी छात्रावासकै कोठामा झुण्डिएको अवस्थामा देखेपछि अरु विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेका थिए ।

बालकको मृत्युको विषयलाई लिए स्थानीय र आफन्तले छात्रावास तोडफोड र आगजनी गरेका छन् । उनीहरुले घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरेका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖