• Tuesday 6th of October 2026

जुवातास खेलिरहेका आठजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । पनौती नगरपालिका–५, चौकोटस्थित घनश्याम अधिकारीको होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार राति अधिकारीसहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ५५ हजार ९९० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖