• Tuesday 6th of October 2026

त्रिभुवन विमानस्थलबाट २.७ किलो सुन बरामद


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २।७ केजी सुन बरामद भएको छ । शुक्रबार साँझ विमानस्थलको आगमन कक्षमा चेकजाँच गर्ने क्रममा सो मात्रामा सुन बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।

सुन कहाँबाट ल्याएको भन्नेबारे खुलेको छैन । यसबारे थप अनुसन्धान अघि बढेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖