• Tuesday 6th of October 2026

ताप्लेजुङको पाथीभरामा ४६ देशका मुद्रा भेटिए


  • धनकुटा खबर
  • .

सुनसरी / ताप्लेजुङकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा ४६ देशका मुद्रा भेटिएका छन् । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा तीर्थयात्रीहरूले चढाएका ४६ देशका मुद्रा भेटिएका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिले आइतवार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० को आय–व्यय विवरण सार्वजनिक गर्दै समितिका निर्देशक मनमणि काफ्लेले अमेरिका डलर तीन हजार तीन सय १९ र कतार रियल तीन हजार नाै सय ५२ रहेकाे छ । सबैभन्दा थोरै रोमानियाको मुद्रा एक रोमानिया लिउ मात्र रहेको निर्देशक काफ्लेले बताए ।

त्यसैगरी साउदी अरब, मलेसिया, भुटान, कुवेत, हङकङ, कोरिया, दुबई, बहराइन, चीन, जापान, मालदिभ्स लगायतका मुद्रा पनि पाथीभरामा चढेकाे छ । सङ्कलित मुद्रामध्ये केही धेरै रङ लागेर रातो भएका र केही च्यातिएका भेटिएका छन् । ती मुद्राहरू सटही गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ ।

सम्मेलनमा आर्थिक वर्ष २०७९/८० मा आठ करोड ५९ लाख ९७ हजार एक सय ९४ रुपैयाँको कारोबार भएको बताइएको छ । कारोबार रकममध्ये गएकाे वर्षको साउनदेखि असार मसान्तसम्ममा तीर्थयात्रीहरूले चढाएको भेटीबाट तीन करोड चार लाख ६२ हजार तीन सय ९७ रुपैयाँ जम्मा भएको थियो भने दाताबाट सिधै पाथीभरा मन्दिरको बैंक खातामा १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ जम्मा भएकाे पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।-सन्जिप तिम्सिना/इन्फो नेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖