• Tuesday 6th of October 2026

फेरि २ घण्टा सारियो एमालेको काेशी अधिवेशनमा मतदानको समय


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा एमाले काेशी प्रदेश अधिवेशनमा मतदानकाे समय फेरि सारिएको छ ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले साझ ५ बजेबाट सुरु गर्ने बताएको थियाे । तयारीका लागि समय नपुगेकाे भन्दै मतदानकाे समय दुई घण्टा सारिएको हाे ।

मतपत्र छाप्नका लागि समय लागेका कारण दुई घण्टा समय थपिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले बताए । ‘सात बजेबाट सुरु गर्ने तयारी छ’, उनले भने, ‘ढिलाेमा साढे ७ बजेबाट सुरु हुन्छ ।’

मतदान केन्द्रमा एक पटकमा ३९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख राेहित काेइरालाले बताए ।

निर्वाचन कार्यालयले उम्मेदवारकाे अन्तिम नामावली प्रकाशित गरिसकेकाे छ ।

एमालेकाे काेशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनाेद ढकाल उम्मेदवार छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖