• Sunday 4th of October 2026

के फेरि आमाबुवा बन्न लागेका हुन् विराट र अनुष्का?


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली फेरि आमाबुवा बन्न लागेको चर्चा छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार अनुष्का र विराट केही समयअघि मुम्बईको एक प्रसूति क्लिनिकमा देखिएका थिए। उनीहरू प्रसूति क्लिनिकमा देखिएसँगै फेरि आमाबुवा बन्न लागेको चर्चा चलेको हो। यस बारेमा अनुष्का र विराटले आधिकारिक जानकारी दिएका छैनन्।

‘अनुष्का दोस्रो बच्चाको आशमा छिन्। पहिलाको जस्तै गरेर उनीहरू आफ्नो खुशीको खबर सार्वजनिक गर्नेछिन्,’ स्रोतले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।

पछिल्लो समय अभिनेत्री अनुष्का फिल्मबाट टाढिएकी छन्। उनी आगामी फिल्म ‘चकदा एक्सप्रेस’ को छायांकन सकेर बसेकी छन्।

अनुष्का र विराटको एक छोरी वामिका छिन्। उनको जन्म जनावरी २०२१ मा भएको थियो। तर उनीहरूले अहिलेसम्म आफ्नी छोरीको तस्बिर सार्वजनिक गरेका छैनन्।

अनुष्का र विराटले सन् २०१७ डिसेम्बर ११ मा इटालीमा पुगेर विवाह गरेका थिए। उनीहरूको जोडीलाई अधिकांश भारतीयले मन पराउँछन्। कतिपय प्रशंसकले विराट र अनुष्काको जोडीलाई ‘विरुस्का’ नामले चिन्ने गर्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖