• Tuesday 6th of October 2026

यसरी कसले लुकायो ढुंगामुनि ४ किलो सुन ?


  • धनकुटा खबर
  • .

दोलखा । प्रहरीले दोलखाको बिगु गाउँपालिका लामाबगरबाट थप ४ केजी सुन बरामद गरेको छ ।

बिगु गाउँपालिका-१ लामाबगर बस्ने अशोक मगरको घरपछाडि ढुंगामुनि लुकाएको अवस्थामा उक्त सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उक्त सुन तिब्बतबाट फलेक नाका हुँदै भित्रिएको प्रहरीको आशंका छ । लामाबगर बीओपीको सशस्त्र र इप्रका सिंगटी प्रहरीको संयुक्त टोलीले सुन बरामद गरेको हो ।

यसअघि गएको बुधबार राति ३ केजी र शुक्रबार ४ केजी सुन बरामद भएको थियो । त्यसको अनुसन्धानको क्रममा आइतबार अपरान्ह ४ बजे थप सुन बरामद भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖