• Tuesday 6th of October 2026

हृदयघातबाट वडाध्यक्षको निधन, नगरमा आज शोक बिदा


  • धनकुटा खबर
  • .

सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको निधन भएको छ ।

वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण आइतबार निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए ।

६५ वर्षीय राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार हुँदै आएको थियो ।

घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको हो । वडाध्यक्षको निधनको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा राय नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖