• Sunday 4th of October 2026

केही तन्नेरी जसले भ्वाइस अफ नेपालको स्टेजमा दमदार प्रस्तुति दिए


  • धनकुटा खबर
  • .

काठमाडौं । तन्नेरी पुस्ताको दमदार प्रस्तुतिसँगै ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ सुरु भएको छ । पछिल्लो सप्ताहन्त गाइएका आवाज सुन्दा नेपाली संगीत समावेशी र उज्वल भविष्यको बाटोतर्फ अघि बढेको देखिन्छ ।

शुक्रबार र शनिबार भ्वाइसका दुई एपिसोड प्रसारण भए । ब्लाइन्ड अडिसनमा देखिएको यो रोचकता आगामी एपिसोडमा अझै बढ्ने देखिन्छ । खोटाङकी प्रगति राई हुन् या गर्ल्स ब्यान्ड ‘फाइथोम’, पछिल्ला दुई एपिसोडमा महिला दबदबा स्पष्ट देखियो ।

विभिन्न पेशा व्यवसायमा आबद्ध महिलादेखि ब्यान्डमा आबद्ध किशोरीसम्मले भ्वाइसको मञ्चमा जादू छरे । धरानका १८ वर्षे रिजन लोहनीको दमदार रक प्रस्तुतिसँगै सुरु भएको नयाँ सिजन संगीतका विभिन्न जनराका आवाज प्रस्तुत भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖