• Tuesday 6th of October 2026

यी कम्पनी परे कालोसूचीमा (सूचीसहित)


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको छ।

विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ।
एम/एस, शकिल हैदरको शंकरमाली निर्माण सेवा–सुनौला खिम्ती कन्स्ट्रक्सन जेभी तीन वर्षका लागि कालोसूचीमा परेको छ।

एम/एस चिपेल हैदरावाद, भारतलाई पनि तीन वर्षलाई कालोसूचीमा राखेको छ। यसको मुख्यव्यक्ति शारदा अधिकारी र प्रवेज खान रहेको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

सफबन वाटर सर्भिस, आइएसजी इन्फरर्मेसन सर्भिसेनज ग्रुप । अरभान कन्स्ट्रक्सनलाई पनि तीन–तीन वर्ष कालोसूचीमा राखिएको छ।

शिवालय बिल्डर्स, स्काई/वाइवा एण्ड लामा÷जानकी जेभी, नागार्जुन–शंकरमाली जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

सूची

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖