• Tuesday 6th of October 2026

दुबईबाट काठमाडौं आएका दुई भारतीय नागरिक सुनसहित पक्राउ


  • धनकुटा खबर
  • .

दुबईबाट काठमाडौं आएका दुई जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन्।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

अवैध रूपमा भन्सार छलेर सुन भित्र्याउन खोजेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी छन्। उनीहरूबाट प्रहरीले ३ सय २० ग्राम सुन बरामद गरेको हो।

हिमालयन एयरको उडानमार्फत दुबईबाट काठमाडौं आएका उनीहरूमाथि विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा अग्रवालबाट २ सय २० ग्राम सुन र जबेरीबाट एक सय ग्राम बरामद गरेको थियो।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖