• Sunday 4th of October 2026

त्रिभुवन विमानस्थलबाट ३२० ग्राम सुनसहित २ भारतीय पक्राउ


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।​

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी सुनसहित पक्राउ परेका हुन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान बरामद भएको थियो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖