• Tuesday 6th of October 2026

एक रेस्टुरेन्टमा काठमाडौं महानगरको ताला


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाले लाजिम्पाटको एक रेस्टुरेन्टमा ताला लगाएको छ।

बिहीबार महानगरपालिका-३ स्थित लाजिम्पाटमा रहेको फो-९९ रेष्टुरेन्टमा खान योग्य नभएका सामान भेटिएपछि ताला लगाएको महानगरपालिकाले जनाएको छ।

महानगरकाअनुसार उक्त रेस्टुरेन्टमा ग्राहकले म:ममा साङ्ला भेटेको गुनासो गरेको थियो।

अनुगमन टोली उक्त रेस्टुरेन्टमा पुगी अनुगमन गर्दा त्यहाँ खान नमिल्ने अखाद्य वस्तुहरू भेटेको महानगरले बताएको छ।

पछिल्लो समय महानगरपालिकाले रेस्टुरेन्ट, क्याफेहरूमा अनुगमन गर्दै कारबाही गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖