रामेछाप । रामेछापको खाँडादेवी मन्दिरको चन्दा बाकसको रकम चोरी गरी भाग्ने युवालाई प्रहरीले रकम सहित पक्राउ गरेको छ ।
खाँडादेवी गाउँपालिका–३ सित्खाको प्रहरीले उनलाई पक्राउ गरेको हो । काभ्रेका रवीन खुलाललाई मन्दिरको चन्दा बाकसमा जम्मा भएको रकम लिएर भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनलाई पक्राउ जनप्रतिनिधिको रोहबरमा गन्दा ५९ हजार ६ सय २० रुपैँया रहेको र संकलित रकम सम्बन्धित निकायमा बुझाइएको छ ।
