एजेन्सी । हामीलाई प्रकृतिले नै दिनमा काम र रातमा आराम भनि समय विभाजन गरि दिएकै छ । दैनिक योजना अनुरुपका घरायसी तथा कार्यस्थल सँग सम्बन्धित कार्यहरु गर्ने क्रममा, शरिरले माग्दा केही वेरका लागि आराम गर्न त सकियो तर सुत्नु चै शरिर विज्ञान, प्राकृतिक एवं अध्यात्मिक सबै दृष्टिकोणले विपरीत नै मान्ने गरिन्छ । किनकी, सुत्नु र आराम गर्नु भनेको नितान्त फरक कुरा हो । दिनमा गरिने, केही क्षणको आरामले शरिरमा पुन उर्जा भरिन्छ अनि बाकी अन्य कार्यहरु ठीक र सही तरीकाले गर्न सकिन्छ ।
प्रायः सबै खालका क्षणिक सुखभोगले ब्यक्तिलाई पतन तर्फ नै डो¥याउँछ । मुखमा चबाउन्जेलको स्वादको पछि लाग्दा, कालान्तरमा आफ्नै शरिर र स्वास्थ्य बिग्रेको पत्तै पाइन्न । नुहाउन्जेलको आराम अनि आनन्दको लागि, तातोपानीको भर पर्दा तत्काल शरिर र आत नतात्ने मात्र नभै, शरिरको रोग प्रतिरोधात्मक क्षमता मै कमी आउने कुरा हामीले भुलिरहेका हुन्छौ, त्यसै नजरअन्दाज गरिदिन्छौ । मानसिक रुप मै पनि सहन गर्ने तागत एवं धैर्यता दुवै गुमाउदै गएका हुन्छौ । र दिनमा सुत्ने कार्य पनि त्यस्तै हो । सुत्दै गर्दा केही क्षण आनन्द मिले जस्तो, तर उठ्ने वेला सम्म सबैतीर लथालिङ्ग अनि भताभुङ्ग !
सामान्य अवस्थामा दिउसोको सुताइ, समयको वर्वादी त हुँदै हो । नसुत्नु पर्ने समयमा सुतेकै कारण, घरायसी तथा योजना अनूरुपका गर्नै पर्ने कार्यहरुमा समय नपुग÷अपुग भै दिन्छ । आजको कामहरु, त्यसै अलपत्र परेर भोलि वा पछिका लागि थुप्रिन थाल्दछ । यता दिन प्रतिदिन शरिरमा आलस्य बढ्दै गएका कारण कार्य क्षमता घट्दै जान्छ र शििररीक क्रियाशिलता समेत सुस्ताउन थाल्दछ । उता एक पछि अर्को कार्यबोझ थपिदै जाँदा मानसिक रुपमा बेचैनी र छटपटी शुरु हुन थाल्दछ । यसरी विस्तारै शििररीक एवं मानसिक रोग अनि विविध समस्याहरु आइ लाग्न थाल्दछ ।
माथि नै चर्चा गरि सकियो कि, दिनको सुताइ अब्यहारिक, अप्राकृतिक तथा अध्यात्म लगाथत सबै हिसावले विरुद्ध कार्य हो भनेर । यतिका नियम विरुद्ध भै सके पछि सामान्य हिसावले, ल म सुते है त भन्न सकिन्न, कठिनै हुन्छ । त्यसो भएपछि अब सुत्नका लागि बहाना चाहिन्छ, नभए बनाउन पनि थाल्नु पर्छ । फेरी मनको विशेषता के भने, यस्ले प्रायः नराम्रो र खराव कर्म तर्फ, ब्यक्तिलाई प्रेरीत गर्दछ । मनले नै कुनै बहाना वनाउँछ र शरिरे पनि सुत्दै गर्दा केही क्षण आराम माने झै गरेर साथ दिन्छ । तर बुद्धि अनि विेवेक भने प्रायः खराव कर्मको विरुद्धमा रहन्छ । यस्तो अवस्थामा मनकै कारण शरिर सुत्न खाजे पनि बुद्धि र विवेकले वेलावेलामा झस्काइ दिन्छ । तँ, प्रायः सबै हिसावले गलत गर्दैछस् भनि बारम्बार घोचिरहन्छ । यसरी न त मस्तले निदाउन सकिन्छ, न उठ्न नै जाँगर चल्छ । करवलले (घर परिवारका सदस्यको वा अन्य कसैका कारण) जब उठिन्छ, तब चारैतर्फ लौ वित्यो भन्ने भाव जाग्दछ । कतिपय वितिसकेका तथा अन्य बाकी कार्यहरु हतारले गर्न खोज्यो, तर कुनै काम राम्ररी गर्नै सकिन्न । यस अवस्थामा, अरुले नराम्रो ठान्ने र कराउने त गरि नै हाल्नेछन, यता आफै भित्र पनि तँ नै गलत भनि गिज्याउन थाल्दछ ।
यसरी जब दिनमा सुत्ने गरिन्छ नि, तब रातमा समय मै राम्ररी निन्द्रा पर्ने कुरै भएन । अरु सुतेको निक्कै समय भै सक्दा समेत, आफुमा भने छटपटाहट भै रहन्छ । यस अवस्थामा मन वेचैन हुन्छ । अनेकन तर्कना तथा नाकारात्मक भावहरु, एकपछि अर्को गर्दै उर्लिदै आउन थाल्दछ । कतिपय कुरामा अरुलाई दोष दिइन्छ भने बाँकी केही कुरामा आफैलाई पनि खराव मान्न थालिन्छ । मन कमजोर र थकित बन्न थाल्दछ । यही अवस्थाबाट प्रतिदिन गुज्रदै गएपछि विस्तारै विविध खाले मानसिक समस्याहरु देखा पर्न थाल्दछ । मन कै कारण शरिर पनि क्रमशः थकित र गलित हुदै जान थाल्दछ । र अब म काम नलाग्ने भए, केही गर्न सक्दिन कि क्या हो ? भन्ने खालको मानसिकताले तन र मनमा एकसाथ अनेकन समस्याहरु पैदा हुन थाल्दछ ।
अतः रोगी, बृद्ध र वालक अर्थात् शिशुहरु, जो शारिरीक अवस्था कै कारण आराम गर्नै पर्ने बाध्यता भएका वाहेक, अरु आम ब्यक्तिहरुका हकमा दिनमा आवश्यक कार्यहरुमा सक्रियताका साग गर्दै रातमा आराम अर्थात् सुत्नु नै सर्व कल्याणकारी छ । दिमागमा लक्ष्य र अनि मन ब्यवस्थित छ भने, शरिर हत्तपत्त थाक्दैन, बरु उल्टै साथ दिन थाल्दछ । समयलाई वलवान र भगवान मान्दै, दैनिक योजना मुताविकका कार्यहरु (बीचमा आवश्यक आराम समेत लिदैं) फुर्तिसाथ सम्पन्न गर्न सकियो र राती वेलैमा सुत्ने वानीको विकास गर्न सकियो भने शरिर र मन दुबैले एकसाथ उर्जा एवं शक्ति प्राप्त गर्दछ ।
यसरी आजको काम, त्यही दिन सम्पन्न गर्न सकेकोमा मनले पनि सन्तोष मान्दछ । आफै प्रति विस्तारै गर्ववोध त हुन्छ नै, सँगै आत्मविश्वास र आत्मसम्मानको भाव जागृत हुन थाल्दछ । यसरी घर परिवार अनि आफन्त र साथीभाइका बीचमा आत्मविश्वासी भएर शिर ठाडो गरि हिड्न तथा ब्यवहार गर्न सकिन्छ । अरुले पनि आदर र सम्मानका साथ वोली ब्यवहार गर्न थाल्नेछन् । यसरी फलेन त दुबै हातमा लड्ड् ? वर्षेन त आनन्दको वहार ?? भएन त जीवन सार्थक अनि सफल ??? अहाँ, सोच्दै पनि क्या मज्जा।
