• Tuesday 6th of October 2026

श्रीमतीसहित मनाङ घुम्न गएका अमेरिकी नागरिकको भीरबाट लडेर मृत्यु


  • धनकुटा खबर
  • .

हिमाली जिल्ला मनाङमा भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।

डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गर्दा भीरबाट खसेका हुन् ।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले राति नै उद्धार गरी उनलाई उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे पुर्याएका थिए ।

उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले जानकारी दिए । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबारै त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖