• Tuesday 6th of October 2026

अरिंगालले टोकेर झापाकी ६० वर्षिया महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

झापा । अरिंगालले टोकेर झापाको बाह्रदशी ५ मा एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

अरिंगालले टोकेर बाह्रदशी ५ नवकिरण टोलकी करिव ६० वर्षिया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । हिजो साँझ ५ बजे घरनजिकै घाँस काट्न जाँदा भुर्तेलमाथि अरिंगालको पुरै गोला खनिएको थियो ।

घाइते भुर्तेललाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको बाह्रदशी ५ का वडा सदस्य जय तिम्सिनाले बताए । वडा सदस्य तिम्सिनाका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् ।

अरिंगालले टोकेर मृकककी छोरी लक्ष्मी र करिव ७ वर्षिय नाति घाइते भएका छन् ।उनीहरुको घरमै उपचार गरिएको वडा सदस्य तिम्सिनाले जानकारी दिए ।-कनकाई खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖