• Wednesday 7th of October 2026

झापामा किशोरीलाई हप्ता दिनसम्म बलात्कार ,एक जना पक्राउ


  • धनकुटा खबर
  • .

झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका २ बस्ने २० वर्षीय अजय शर्मा खत्वे रहेका छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

खत्वेले ती किशोरीलाई खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖