• Tuesday 6th of October 2026

विदेशबाट फर्किँदा लाइट, पावर बैंक, आइरन, मिक्स्चर जस्ता सामान नल्याउनूः भन्सार कार्यालय


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुलाई इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्स्चर तथा पानी तताउने उपकरण नल्याउन अनुरोध गरेको छ ।

शुक्रवार एक सूचना राख्दै कार्यालयले त्यस्ता सामग्री चेकजाँचका क्रममा एक्सरे मसिनबाट शङ्कास्पद देखिने र फोड्नुपर्ने अवस्था आएकाले नल्याउन अनुरोध गरेको हो ।

“विदेशबाट आउने यात्रु तथा विदेशमा बस्‍नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर तथा पानी तात्ने मसिन पठाउने गरेको पाइएको छ,” भन्सार कार्यालयकाे सूचनामा भनिएको छ, “यस्ता सामानहरू एक्सरे मसिन (X-Ray Machine) मा हेर्दा सबै शङ्कास्पद देखिने र जाँचपासका क्रममा खोलेर, फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

यसबाट सेवाग्राहीलाई क्षति पुग्ने समस्यालाई मध्यनजर गर्दै विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा ती सामानहरू नपठाउन र नल्‍याउन कार्यालयले अनुरोध गरेको हाे । -टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖