• Sunday 4th of October 2026

रणवीर कपुरले ईडीसँग हाजिरीका लागि म्याद मागे


  • धनकुटा खबर
  • .

काठमाडौं । रणबीर कपुरपछि ईडीले दुबईबाट सञ्चालित सट्टेबाजी एपको प्रवर्द्धन र हवालामार्फत पैसा तिरेको आरोपमा हास्यकलाकार कपिल शर्मा, अभिनेत्री हुमा कुरैशी र हिना खानलाई सोधपुछका लागि समन जारी गरेको छ ।

ईडीका वकिलले अभिनेता रणवीर कपुरले सोधपुछका लागि एक साताको समय मागेको जानकारी दिएका छन् । रणवीर ५ अक्टोबरमा सोधपुछका लागि हाजिर हुनुपर्ने थियो ।

रायपुरमा ईडीका वकिल सौरभ पाण्डेका अनुसार अब रणवीर कपूरलाई फेरि सोधपुछका लागि कहिले बोलाइने भन्ने कुरा शुक्रबार तय हुनेछ।

छत्तीसगढको भिलाईका बासिन्दा सौरभ चन्द्राकार र रवि उप्पलमाथि दुबईमा बसेर अनलाइन सट्टेबाजीको कारोबार गरेको आरोप छ।

यो व्यवसायलाई चलचित्र क्षेत्रसँग जोडिएका धेरैले सहयोग गरेका छन् । यस बाहेक फिल्म उद्योगका धेरै चर्चित व्यक्तिहरु बेटिङ अपरेटरहरुको कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

ईडी र छत्तीसगढ पुलिसले यस मामिलामा छत्तीसगढमा धेरैलाई पक्राउ गरिसकेका छन्। यसका साथै यस मामिलामा धेरै राजनीतिज्ञहरूमाथि पनि सोधपुछ भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖