• Tuesday 6th of October 2026

श्रीमान्-श्रीमती मृत भेटिए


  • धनकुटा खबर
  • .

दाङ — तुलसीपुरमा शनिबार श्रीमान्-श्रीमती मृत फेला परेका छन् ।

सल्यानको त्रिवेणी गाउँपालिका-४ फालाबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३ वर्षीया श्रीमती पवित्रा डाँगी कोठाभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

ढोका बन्द गरेको अवस्थामा कोठाभित्रै दुवै जना मृत फेला परेको उनले बताए। श्रीमान पंखामा झुन्डिएको र श्रीमती खाटमा मृत फेलापरेको प्रहरी निरीक्षक केसीले बताए ।

बिहान अबेरसम्म पनि नउठेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । पवित्राको शरीरमा चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-दुर्गालाल केली/कान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖