• Tuesday 6th of October 2026

विद्यार्थी र प्रहरीबीच झडप


  • धनकुटा खबर
  • .

पर्साको विन्दबासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी ६ जना विद्यार्थी घाइते भएका छन्। दुईजना विद्यार्थीको टाउकोमा चोट लागेको र अन्यको हातखुट्टामा चोट लागेको छ।

गाउँपालिकाको गर्दौल माध्यमिक विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत विद्यार्थीहरूले विद्यालय घेराउ गर्न गएको बेला प्रहरीले कुटपिट गरेको विद्यार्थीहरूले बताएका छन्।

गर्दौलका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरुवा गरेको तथा बहुअर्वामा राम्रो पठनपाठन नभएको गुनासोसहित कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आज गाउँपालिकाको कार्यालय घेराउ गर्न गएका थिए। सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖