• Sunday 4th of October 2026

ओएसआरका सञ्चालकलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं । फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आपराधिक विश्वासघातको आरोपमा शुक्रबार पक्राउ परेका अग्रवाललाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो ।

प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖