• Tuesday 6th of October 2026

जीप दुर्घटनामा २ वडा अध्यक्षसहित ९ जना घाइते


  • धनकुटा खबर
  • .

हुम्लाको सदरमुकाम सिमकोटमा बलेरो जीप दुर्घटना हुँदा दुई जना वडा अध्यक्षसहित नौं जना घाइते भएका छन्।

आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट वडा नम्बर–२ ठेहेततर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बलेरो दुर्घटना भएपछि सिमकोट–२ का वडाअध्यक्ष देवजंग बोहरा, वडा नम्बर-३ का अध्यक्ष पामा लामा घाइते भएका हुन्।

दुर्घटनामा परेर सिमकोट २ र ३ का विभिन्न व्यक्ति गरेर नौं जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ।

‘दुर्घटनामा परेको सिमकोट-३ का वडा अधयक्ष पामा लामाको टाउँको चोट लागेको छ’ जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले भनिन्, ‘टाउकोको चोट भएकाले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज वा काठमाडौं लाने तयारी भइरहेको छ।’

दुर्घटनामा परेका वडा नम्बर-२ का अध्यक्ष देवजंग बोहराको अवस्था भने सामान्य छ। वडा नम्बर-३ का धुर्व शाही, मालती भण्डारी, योजना ऐडी, मुटुव लामा, बाँसबहादुर भण्डारी,, वालक सन्देश भण्डारी, गाडी चालकसहितका व्यत्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। घाइते सबैको अहिले जिल्ला अस्पताल, सिमकोटमा उपचार भइरहेको छ।-ललित बिष्ट/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖