• Wednesday 7th of October 2026

इजरायल–हमास द्वन्द्व : नेपाली नागरिकबारे निर्णय लिन बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायल र हमासबीच जारी द्वन्द्व र त्यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बैठक जारी छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको हो ।

आइतबार सरकारले मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्नेछ ।

उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय र सहयोग गर्नेलगायत काम गर्ने संयन्त्रलाई कार्यादेश छ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार एक्कासि इजरायलमाथि आक्रमण दुईतर्फी लडाइँ जारी छ । द्वन्द्वमा नेपालीसहित ११ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ठूलो संख्यामा मानिस घाइते छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖