• Sunday 4th of October 2026

इजरायलप्रति आक्रोशित इरानका सर्वोच्च नेता खामेनी के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । हमासले इजरायलमा आक्रमण गरेपछि संगठनका प्रवक्ताले यसलाई इरानको समर्थन रहेको बताएका थिए ।

इरानका सर्वोच्च नेता सय्यद अली खामेनीले पनि शनिबार र आइतबार तीनवटा ट्वीटमा प्यालेस्टिनी अभियानलाई खुलेर समर्थन गरेका छन्।

खामेनीले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गरेका छन् । दोस्रो ट्वीटमा उनले एक भिडियो पोस्ट गरे जसमा सयौं मानिस दौडिरहेको देखिन्छ ।

उनले लेखेका छन्, “प्यालेस्टाइनका जनता र यस क्षेत्रका अन्य शक्तिहरूले जियोनिस्ट शासकहरूको क्यान्सरलाई जरैदेखि उखेल्नेछन्।”

तेस्रो ट्विटमा उनले अक्टोबर ३ बाट गरिएको ट्विटलाई रि-ट्विट गरे, जसमा लेखिएको थियो, “जियोनिस्ट शासनको अन्त्य हुँदैछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖