• Tuesday 6th of October 2026

सिंहदरबारभित्रै कुटपिटमा उत्रिए कटहरियाका मेयर अजय प्रकाश


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ असोज । रौतहटको कटहरिया नगरपालिका प्रमुख अजय प्रकाश सिंहदरबारभित्रै कुटपिटमा उत्रिएका छन् ।

आज (सोमबार) सिंहदरबार पुगेका मेयर प्रकाशले सामान्य विवादका क्रममा आम जनता पार्टीका दीपक दुवेमाथि हातपात गरेका हुन् ।

निकै आक्रमक शैलीमा उत्रिएका उनले कुटपिटपछि अपशब्द बोल्दै गाली गलौजसमेत गरेका थिए । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा जनप्रतिनिधिबाट दुवे कुटिएका छन् । अजय प्रकाश नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖