• Tuesday 6th of October 2026

लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना


  • धनकुटा खबर
  • .

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो ४ बजेतिर मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो।

तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परी अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते भएका छन्।

उनीहरू सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
स्वकीय सचिव पौडेलका अनुसार उनको खुट्टा चोटका कारण सुन्निएको छ।

चालकलाई टाउकोमा र पिएसोको हात-खुट्टामा चोट लागेको छ।

‘सबै भन्दा कम चोट अर्थमन्त्रीज्यूलाई लागेको छ,’ पौडेलले भने।
बच्चा जोगाउन चालकले गाडी खाडलमा हालेको स्वकीय सचिव पौडेलले बताए।

‘विद्यालय छुट्टी पछि दौडिएर आएको एक बच्चा जोगाउन चालकले गाडी झाडी युक्त खाल्डोमा हाल्नु भएको हो,’ पौडेलले भने, ‘चालकले सावधानी नअपनाएको भए बच्चा जोगाउन मुस्लिक हुनसक्थ्यो।-सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖