• Sunday 4th of October 2026

रेस्क्युपछि नेपाली विद्यार्थीले भने–आर्मीको सुरक्षाामा छौं


  • धनकुटा खबर
  • .

हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालका अनुसार अहिले त्यहाँको सेनाले धमाधम सुरक्षित स्थान तेलअभिभतर्फ रेस्क्यू गरिरहेको छ।

नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा थिए। ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले जानकारी दिए।

‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं। हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। हाम्रो केही साथीहरू गइसक्नुभयो। हामी ४–५ त्यो गाडीमा अटेनौं,’ रिजालले भने,‘अब केही आश पलाएको छ। नेपाल सरकारले एक-दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ।’

आफूहरू बसेको बंकरबाट स्कर्टिङ गरेर लैजानका लागि आर्मीको टोली आइपुगेको उनले जानकारी गराएका छन्। ‘फार्मका सबै साथिहरू आइसकेका छौं। हामी सबैले खाने कुरा पनि पायौं। यहाँ चारैतिर आर्मीहरू छन्,’ उनले भनेका छन्।

टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको आक्रमणका क्रममा निधन भइसकेको सरकारले बताएको छ।

गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖