• Tuesday 6th of October 2026

टिभी भित्र ५१० ग्राम सुन लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ


  • धनकुटा खबर
  • .

टिभीभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ परेका छन्।
सिन्धुलीका नवराज धामीले टिभीको भित्री पार्टमा ५१० ग्राम सुन लुकाएर ल्याएको भेटिएको हो।

सोमबार दिउँसो मलेसियाबाट मलेसियन एयरमा काठमाडौं आएका धामी लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यलय प्रमुख टोकराज पाण्डेले बताए।

शंका लागेर चेक गर्दा टिभीको भित्री पार्टसमा सुन भेटिएको उनले बताएका छन्।

सरकारले पुरुषको हकमा २५ र महिलाको हकमा ५० ग्राम सुन भन्सार नतिरी ल्याउन मिल्ने व्यवस्था गरेको छ। त्यस्तै थप २०० ग्राम सुन भने सो घोषणा गरेका आधारमा भन्सार तिरेर ल्याउन मिल्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖