• Tuesday 6th of October 2026

इजरायलमा रहेका २०० बढीले घर फर्किन टिपाए नाम


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् ।

हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ ।

अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।

तेल अबिबस्थित नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।

अहिलेसम्म २०० भन्दा बढीको विवरण संकलन भइसकेको भन्दै दूताबासले भनेको छ, ‘इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖