• Tuesday 6th of October 2026

बारामा हराएकी तीन वर्षकी बालिकाको प्रहरीद्वारा ३ घण्टा भित्र फेला पारी उद्दार


  • धनकुटा खबर
  • .

बारा । बाराको कलैयाबाट आज बिहान हराएकी तीन वर्षकी बालिकालाई प्रहरीले ३ घण्टा भित्र फेला पारी उद्दार गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २ कवलपुरका श्यामबाबु यादवकी छोरी तीन वर्षिया छोरी रागिनी यादव आज बिहान १० बजेतिर कलैया बजारबाट हराएकी थिइन् ।

बालिका हराएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी मन्दिर नजिकै फेला पारी उद्दार गरेको हो ।

उद्धार गरिएकी बालिकालाई उनकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाएर पठाइएकोे बाराका प्रहरी नायब उपपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖