• Tuesday 6th of October 2026

यी हुन् इजरायलमा उद्धार गरिएका ३२ नेपाली (नामावली)


  • धनकुटा खबर
  • .

इजरायल र प्लालेस्टानइबीच युद्ध ग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालिएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायली सुरक्षा संयन्त्रको पहलमा युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालेको हो ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै युद्ध भइरहेको क्षेत्रका कृषि फार्फमा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालेको जनाएको छ । केही विद्यार्थीहरुको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ । प्यालेस्टाइनको हमास समूहको आक्रमणका कारण फर्मभित्रै अलपत्र परेका ३२ जना नेपालीको उद्धार भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक ११ महिने ‘लन एण्ड अर्न’ कार्यक्रमका लागि गत भदौमा लगेका ४९ जना विद्यार्थीमध्ये सोमबार ३२ जनाको उद्धार भएको हो।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा थिए।

उनीहरू रहेको फर्मममा भएको आक्रमणमा परी १० जनाले ज्यान गुमाएका छन्। अन्य ४ जनाको घाइते भएपछि उपचार भइरहेको छ। दुई जना सुरक्षित छन् भने एकजना अझै सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ।

सोमबार उद्धार गरिएका विद्यार्थीहरूलाई बेतकम क्षेत्रमा सुरक्षित राखिएको छ।

यी हुन उद्धार गरिएका नेपाली विद्यार्थीहरूः

१) रमेशबहादुर कार्की – बडिमालिका ७, बाजुरा
२) बिनोद प्रसाद शाह – गढिमाई ४, रौतहट
३) आभास भट्टराई – टीकापुर १, कैलाली
४) नरेश सिंह भण्डारी – कृष्णपुर २, कञ्चनपुर
५) लोकेन्द्र बिष्ट – मष्टामाण्डु ८, डडेल्धुरा
६) रोहित नायक – टीकापुर ६, कैलाली
७) निरञ्जन कुमार कुसहवा – पिपरीया ४, रौतहट
८) अरबिन कुमार चौधरी – दोधारा ९, कैलाली
९) उपेन्द्र जिसी – टीकापुर ९, कैलाली
१०) ओमप्रकाश उपाध्याय – धनगढी २, कैलाली
११) गणेश साउद – लम्कीचुहा १, कैलाली
१२) बादल सुवेदी – घोराही ४, दाङ
१३) प्रविण जिसी – सिम्ता २, सुर्खेत
१४) गणेशप्रसाद जोशी – मेलौली ५, बैतडी
१५) नबिन घिमिरे – बंगलाचुली ३, दाङ
१६) श्रेया तिवारी – रत्ननगर ४, चितवन
१७) बिपना जोशी – लम्किचुहा ७, कैलाली
१८) नारायण भुसाल – पयुं ५, पर्वत
१९) मनिषा खनाल – रेसुंगा २, गुल्मी
२०) लुईस रिजाल – गेरुवा ६, बर्दिया
२१) प्रमोद भट्ट – मेलौली ९, बैतडी
२२) अनुप अधिकारी – कमलामाई २, सिन्धुली
२३) समपर्ण आचार्य – तुल्सिपुर १२, दाङ
२४) निश्चल पाण्डे –टीकापुर १, कैलाली
२५) बिभुसा अधिकारी – भरतपुर १५, चितवन
२६) सुस्मा रेग्मी – बान्निगढी जैगढ २, अछान
२७) रचना चौधरी –टीकापुर १, कैलाली
२८) आशा मिश्र –लम्किचुहा ९, कैलाली
२९) कल्पना जोशी – गोदावरी २, कैलाली
३०) शिला कुमारी यादव – बढियाताल ३, बर्दिया
३१) साधना बोहरा – त्रिवेणी ५, सल्यान
३२) बिपिन सुवेदी – त्रिपुर ५, दाङ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖