• Sunday 4th of October 2026

सर्वसाधारणलाई पूर्व सूचना नदिई हवाई हमला गरे इजरायली बन्धकको हत्या गर्ने हमासको चेतावनी


  • धनकुटा खबर
  • .

तेल अभिभ । प्यालेस्टाइन विद्रोही समूह हमासले सर्वसाधारणलाई पूर्व सूचना नदिई हवाई आक्रमण गरे इजरायली बन्धकको हत्या गर्न चेतावनी दिएको छ।

हमासले केही दिनअघि इजरायल प्रवेश गरेर सुरु गरेको आक्रमणमा सयौँ इजरायलीलाई बन्धक बनाएको बिबिसीले उल्लेख गरेको छ। हमासले त्यसरी हुने आक्रमणपछि बन्धकको हत्या गर्ने चेतावनी दिएको हो।

हमासले हवाई हमालसहित बन्धुकधारीमार्फत इजरायली भूभागमा लगातार आक्रमण गरिरहेको छ। बिबिसीका अनुसार हमासले सुरु गरेको पछिल्लो आक्रमणमा इजरायलमा मात्र ९ सय भन्दा बढीको ज्यान गएको छ।

त्यसमध्ये एक संगित महोत्सवमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २ सय ६० जना मारिएका छन्। इजरायलको जवाफी आक्रमणमा गाजामा ६ सय ९० जना मारिएका छन्।

हमासले गत शनिवार पूर्व चेतावनीबिना आक्रमण थालेको थियो। हमासको लडाकु समूह हतियारसहित इजरायल प्रवेश गरेका थिए।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई परास्त गर्न सबै शक्ति परिचालन गरिएको उल्लेख गरेका छन्।

इजरायल सरकारले आफ्ना सैनिकलाई गाजालाई घेरा हाल्न तथा खाद्यान्न, बिद्युत् र खानेपानीको प्रवाह बन्द गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖