• Tuesday 6th of October 2026

माइलो अझै आउँछ कि भन्ने लाग्या छ : धनलाल नेपाली


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २३ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका–११ चैनपुरका गणेश नेपालीका बुबा धनलाललाई अझै पनि मारिएको विश्वास छैन ।

‘अस्ति भुइँचालो गयो । घर चर्कियो । १०, १५ जनाको परिवार छ । बारीमा हाल हालेर बसेका छौं । यस्तो बेला माइलो छोरो छैन भन्ने खबर आयो । मलाई अझै पनि विश्वास छैन । अझै छ कि भन्ने लाग्या छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

६० वर्षीय नेपाली छोरालाई सम्झेर रेडियो अन्तर्वार्तामै भक्कानिए । उनले भने, ‘शुक्रबार राति ऊसँग कुरा भएको थियो । चर्किएको घरमा नबस्नुस्, चिन्ता नमान्नुस् भनेको थियो सर । त्यसरी मार्छन् भन्ने के थाहा र ! फेसबुकमा हालेका छन् । आफ्नै आँखाले युद्ध भएको देखियो । सिलाइकटाइ गरेर पढाएको छोरा हो । अब के गरूँ, कसरी चित्त बुझाऊँ ? बिना गल्ती जवान छोरो मारियो ।’

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत गणेश नेपालीसहित ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । गएको एक महिना नबित्दै १० जनाको इजरायलमाथि हमासले गरेको आक्रमणमा परी मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖